मलावीमा चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो, ४५ हजार भन्दा बढी प्रभावित

नेपालभ्युज

मलावीमा चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो, ४५ हजार भन्दा बढी प्रभावित

लिलोङ्वे । मलावीमा आएको शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छन् । आइतबार र मंगलबारसम्म देशमा परेको भारी वर्षाका कारण ४५ हजार भन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

विपद् व्यवस्थापन मामिला विभाग (डिओडीएमए) को आयुक्त चार्ल्स कालेम्बाले मंगलबार आँधीका कारण २९ जना घाइते भएको बताए ।

कालेम्बाले कूल प्रभावित घरपरिवारको सङ्ख्या १० हजार १५९ पुगेका र करिब ४५ हजार १६२ जना प्रभावित भएका बताउनुभयो । यसमध्ये २२७ जना विस्थापित भएका छन् ।

डिओडीएमए विभिन्न मानवीय साझेदारहरूसँगको सहकार्यमा प्रभावित समुदायहरूलाई राहत सहायता प्रदान गर्दैछ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved