इङ्लिस प्रिमियर लिगमा चार खेलाडीमा संक्रमण देखिए खेल स्थगित हुने

नेपालभ्युज

इङ्लिस प्रिमियर लिगमा चार खेलाडीमा संक्रमण देखिए खेल स्थगित हुने

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा चार खेलाडीमा कोरोना संक्रमण देखिएमा क्लबले खेल स्थगितको लागि निवेदन दिन पाउने भएको छ। बुधबार कोभिडको नयाँ प्रोटोकल सार्वजनिक गर्दै प्रिमियर लिगले चार खेलाडीमा कोभिड देखिए खेल स्थगितको निवेदन दिन सक्ने मापदण्ड बनाएको हो।

लिगले यो नियम फेब्रुअरी ५ बाट लागु हुनेछ। खेलाडीमा संक्रमण पुष्टि भएको निवेदन अनुसार प्रिमियर लिगले खेल स्थगित गर्ने सम्बन्धमा निर्णय गर्नेछ। खेलाडीमा संक्रमण हुँदा खेल प्रभावित हुनेक्रम बढेपछि लिगले यस्तो स्वास्थ्य मापदण्ड ल्याएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved