घट्यो सेयर बजार 

नेपालभ्युज

घट्यो सेयर बजार 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ५ दशमलव ६० अंकले घटेर २६२८ दशमलव २६ को विन्दुमा पुगेको छ ।

बुधबार ३१४ कम्पनीका ४९ हजार ४२१ पटकको कारोबारमा ८१ लाख ४७ हजार ३२० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब २७ करोड ८२ हजार ५७५ रुपैयाँ रहेको छ ।

१३ उपसमूहमध्ये तीन वटा बढ्दा अन्य राताम्मे छन् । ८१ कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा घटेका छन् भने १२ कम्पनी स्थिर रहेका छन् । आज जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved