काठमाडौं। नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ। सबै भन्दा बढी सक्रिय संक्रमित काठमाडौँ उपत्यकाका तीन जिल्लामा रहेका छन्। उपत्यकामा ६१ दशमलव ९६ प्रतिशत सक्रिय संक्रमित छन्।
स्वास्थ्य तथा जनसङ्ख्याको तथ्याङ्क अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ६७ पुगेको छ। काठमाडौं उपत्यकामा मात्रै ५५ हजार ८०९ जना सक्रिय संक्रमित छन्। काठमाडौँमा ४० हजार १२, भक्तपुरमा पाँच हजार ७२८, ललितपुरमा १० हजार ६९ छन्।
सक्रिय सङ्क्रमितमध्ये ८८ हजार २४८ जना होम आइसोलेसनमा छन्। त्यस्तै एक हजार ८१९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयलेले जनाएको छ।
उपचाररत संक्रमित मध्ये २५१ जनानाको आइसियु र ४८ जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ। नेपालमा पाँच सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके , रुपन्देही, दाङ, कैलाली गरी १७ पुगेको छ।
त्यस्तै दुई सयमाथि सक्रिय संक्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराहा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, पाल्पा, दाङ, गुल्मी, सुर्खेत, कञ्चनपुरसहित १९ छन्।
पछिल्लो २४ घण्टामा २० हजार ३५९ जनाको परीक्षण गर्दा आठ हजार ४५४ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौं उपत्यकामा मात्रै दुई हजार ९०३ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा दुई हजार ४१, भक्तपुरमा २९३, ललितपुरमा ५६६ जना थपिएका छन्।
सङ्क्रमण पुष्टि हुनेमा सबै भन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका छन्। सो उमेर समूहका १८ सय ८९ जनाको कोरोना पुष्टि भएको छ। २४ घण्टामा परीक्षण गरिएका मध्ये ४१ दशमलव ५ प्रतिशतमा कोराेना पुष्टि भएको छ। मंगलबार परीक्षण गरिएका मध्ये ४६.३४ जनाको कोरोना पुष्टि भएको थियो। त्यस्तै सोमबार परीक्षण गरिएकामध्ये ४८.६७ जनामा कोरोना पुष्टि भएको थियो। त्यस्तै परीक्षण आइतबार ३७ प्रतिशतमा कोरोना पुष्टि भएको थियो भने शनिबार ५०. ७५ प्रतिशमा कोरोना पुष्टि भएको थियो।
त्यस्तै २४ घण्टामा ५ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोनाले निधन हुनेको सङ्ख्या ११ हजार ६७२ पुगेको छ।
Facebook Comment
Comment