सर्वोच्चको आदेश

पाण्डे र भट्ट नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुन पाउने

नेपालभ्युज

पाण्डे र भट्ट नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुन पाउने

काठमाडौं। नेकपा एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुनबाट नरोक्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकूल सुवेदीको इजलासको आदेशमा भनिएको छ, “निवेदकहरू पाण्डे र भट्टले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलमा आबद्ध हुने गरी ८ भदौमा प्रत्यर्थी निर्वाचन आयोगमा निवदेन गरी रोजेको आधारमा निजहरूको सो दलमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्नु नगराउनू भनी प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्मका लागि प्रत्यर्थीहरूका नाउँमा सर्वोच्च नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ।”

प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्ट एकीकृत समाजवादीमा सनाखतका लागि निर्वाचन आयोग पुगे पनि शुरुमा निवेदन नदिएका कारण आयोगले उनीहरूको सनाखत गर्न अस्वीकार गरेको थियो। जसका कारण उनीहरू नेकपा एमालेमै रहन बाध्य बनेका थिए।

पाण्डे र भट्टले निर्वाचन आयोगलाई विपक्षी बनाएर सनाखत गराउन अन्तरिम आदेश माग गर्दै रिट हालेका थिए।

२७ भदौमा न्यायाधीश मीरा खड्काको एकल इजलासले आजका लागि छलफलमा बोलाउने आदेश दिएको थियो। आदेशमा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गरेकोमा कुनै कारबाही नगर्न एमालेलाई आदेश गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved