काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला सर्वसम्मत चयन हुने भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष हुन् ।
अध्यक्षमा कोइराला र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मनोनयन दर्ता गराएपनि सोमबार बसेको संघका पूर्व अध्यक्षहरूको बैठकले सर्वसम्मत पदाधिकारी चयन गर्ने निर्णय गरेपछि शेरचनलाई उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो ।
शेरचनको उम्मेदवारी फिर्ता भएसँगै कोइराला सर्वसम्मत रूपमा अध्यक्ष चयन हुने भएका हुन् । पछिल्लो १३ वर्षयता संघमा उपाध्यक्ष स्वतः अध्यक्ष बन्दै आएपनि यसपटक भने दुई जनाको उम्मेदवारी परेको थियो ।
पुस ३ गते हुने संघको ३८ औं वार्षिक साधारणसभाले अध्यक्ष र उपाध्यक्षसहित तीन जना सदस्य चयन गर्नेछ ।
Facebook Comment
Comment