तराईका केही स्थानमा बिहानैदेखि हुस्सु, दिउँसो र राति मौसम सफा रहने

नेपालभ्युज

तराईका केही स्थानमा बिहानैदेखि हुस्सु, दिउँसो र राति मौसम सफा रहने
फाइल तस्वीर ।

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साथै तराईका केही स्थानमा आज (आइतबार) बिहानैदेखि हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ ।

सोमबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved