काठमाडौंमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालन, १० करोडभन्दा बढी लगानी

नेपालभ्युज

काठमाडौंमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालन, १० करोडभन्दा बढी लगानी

काठमाडौं । सामाखुसी यातायात प्रालिले १० करोड ३० लाखको लगानीमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ ।

विसं २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले बिहीबारदेखि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो ।

प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौंको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिए । ‘काठमाडौं उपत्यकामा यात्रुको चाप छ, माइक्रोबस थपेसँगै यात्रुलाई केही सहज हुने विश्वास छ,’ उनले भने ।

सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत यात्रुवाहक सवारी सञ्चालन गरिरहेको छ । काठमाडौंको उत्तरी क्षेत्र बानियाँटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुवाहक सवारी सञ्चालन गर्दै आएको सामाखुसी यातायात प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए ।

प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved