काठमाडौं । आत्मघाती हमलामा मारिएका अफगानिस्तानको तालिबानी सरकारका शरणार्थी मामिलामन्त्री उर–रहमान खलील हक्कानीबारे अहिले विभिन्न तथ्य सार्वजनिक भइरहेका छन् । यसैबीच भर्खरै एउटा तथ्य सार्वजनिक भएको छ ।
जसअनुसार अमेरिकाले तत्कालीन तालिबान विद्रोही नेता हक्कानीको टाउकाको मूल्य तोकको विषय बाहिरिएको छ । कुनैबला अमेरिकाले उनको टाउको लिएर आउनेलाई ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको बीबीसीको समाचारमा उल्लेख छ ।
हक्कानी नेटवर्क अमेरिकामा ’विदेशी आतंकवादी संगठन’को सूचीमा रहेको पाइएको छ ।
अमेरिकी सरकारको रिवार्ड्स फर जस्टिस वेबसाइटले हक्कानीले सन् २०१० देखि अफगानिस्तानको लोगर प्रान्तमा तालिबानको नेतृत्व गरेको उल्लेख गरेको छ ।
अफगानिस्तानका शरणार्थी मामिलामन्त्री हक्कानीको बुधबार राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको थियो । मन्त्रालयको कार्यालयमा भएको विष्फोटमा उनको मृत्यु भएको हो ।
Facebook Comment
Comment