जनकपुरले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

नेपालभ्युज

जनकपुरले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (बुधबार)को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेको छ ।

कीतिपुरस्थित त्रिवि मैदानमा टस जितेर जनकपुरका कप्तान अनिलकुमार साहले पहिले बलिङ गर्ने निर्णय गरेका छन् । उनले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका छन् ।

सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् । आज बिहान खेल ९ बजे सुरु भएको छ ।

यस्तै दिउँसो १ बजे हुने दोस्रो खेलमा काठमान्डु गुर्खाज र लुम्बिनी लाइन्सबीच प्रतिस्पर्धा हुनेछ ।

जनकपुर भर्सेस सुदूरपश्चिम : लयमा रहेका दुई टोलीबीच प्रतिष्ठाको लडाइँ, दाजु-भाइ प्रतिद्वन्द्वी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved