फेसबुकमा समस्या, पोस्ट गरेको मिति गायब !

क्रोम ब्राउजरमा पेज वा व्यक्तिगत अकाउन्टमा कुनै स्ट्याटस पोष्ट गर्दा वा लिंक शेयर गर्दा त्यसको मिति देखिनुका साटो कोडजस्तो लिंक देखिने गरेको छ । मोबाइल एप्समा भने यो समस्या छैन ।

नेपालभ्युज

फेसबुकमा समस्या, पोस्ट गरेको मिति गायब !

काठमाडौं । सोमबार फेसबुक प्रयोगकर्ताले नयाँ प्रकारको समस्या अनुभव गरेका छन् ।

कम्प्युटरमा क्रोम ब्राउजरमार्फत फेसबुक चलाउँदा पोस्टको प्रकाशित मिति देखिन छाडेको छ ।

पेज वा व्यक्तिगत अकाउन्टमा कुनै स्ट्याटस पोष्ट गर्दा वा लिंक शेयर गर्दा त्यसको मिति देखिनुका साटो कोडजस्तो लिंक देखिने गरेको छ ।

अघिसम्म पोस्टको नाममुनि मिति, समय, वा “यति मिनेटअगाडि/घण्टाअगाडि” भनेर स्पष्ट देखिन्थ्यो । तर सोमबार देखिएको समस्यामा ती जानकारीहरू गायब भई अनौठो कोड मात्र देखिएको छ ।

मोबाइल एप्समा भने यो समस्या छैन ।

फेसबुकको आधिकारिक प्रतिक्रिया छैन

यस समस्याबारे फेसबुकले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

प्रयोगकर्ताहरू यसलाई फेसबुकको आन्तरिक समस्या वा अपडेटको कारणले भएको हुनसक्ने अनुमान गरिरहेका छन् ।

आइटी विज्ञहरूको भनाइअनुसार यो फेसबुकको आन्तरिक प्रविधिक समस्या हुनसक्छ  । “यो सामान्यतया कुनै फिचर अपडेट गर्दा वा सिस्टममा समस्या आएपछि देखिन सक्छ,” एक विज्ञले बताए ।

समस्या समाधान गर्न फेसबुकको प्रविधि टोलीले काम गरिरहेको हुनसक्ने अनुमान छ ।

यस विषयमा थप अपडेट आउने अपेक्षा गरिएकाले प्रयोगकर्ताहरूले केही समय पर्खिनु पर्ने देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved