तेस्रो खेलमा हासिल गरेको जितलाई निरन्तरता दिने सुरमा कर्णाली र विराटनगर

नेपालभ्युज

तेस्रो खेलमा हासिल गरेको जितलाई निरन्तरता दिने सुरमा कर्णाली र विराटनगर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् ।

पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ ।

त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

जारी एनपीएलमा कर्णालीले तीन खेल खेलेको छ । जसमा दुई वटामा पराजित हुँदा एक खेल भने जितेको छ । यस्तै तीन खेल खेलेको विराटनगरले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।

कीर्तिपरको त्रिवि मैदानमा मंसिर १५ गतेदेखि जारी एनपीएलमा दुवै टोलीको यो चौथो खेल हो । आज दुवै टोली तेस्रो खेलमा निस्किएको जितलाई निरन्तरता दिन चाहन्छन् ।

कर्णालीकाे कप्तानी सोमपाल कामीले तथा विराटनगरको सन्दीप लामिछानेले गर्नेछन् ।

पहिलो जितको खोजीमा लुम्बिनी, लगातार तेस्रो खेल जित्ने दाउमा सुदूरपश्चिम


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved