पहिलो जितको खोजीमा लुम्बिनी, लगातार तेस्रो खेल जित्ने दाउमा सुदूरपश्चिम

नेपालभ्युज

पहिलो जितको खोजीमा लुम्बिनी, लगातार तेस्रो खेल जित्ने दाउमा सुदूरपश्चिम

काठमाडौं । कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् ।

पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ ।

जारी एनपीएलमा दुवै टोलीको यो तेस्रो खेल हो । एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई नतिजा सुम्पिएको थियो ।

सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ७३ रनले हराएको थियो ।

यसर्थ लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार तेस्रो खेल जित्ने दाउमा मैदानमा उत्रनेछ ।

लुम्बिनीको कप्तानी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गरिरहेका छन् । यसैगरी सुदूरपश्चिमको कप्तान दीपेन्द्रसिंह ऐरी छन् ।

त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved