चितवन राइनोजका कुशल मल्ल २३ रनमा आउट

नेपालभ्युज

चितवन राइनोजका कुशल मल्ल २३ रनमा आउट
चितवन राइनोजका कप्तान कुशल मल्ल ।

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजका कप्तान कुशल मल्ल २३ रनमा आउट भएका छन् ।

मल्ललाई कर्णालीका जिशान मक्सुदले आउट गरेका हुन् । मक्सुदको यो दोस्रो विकेट हो ।

यसअघि, चितवनका लागि विपिन रावलले ११, दीपक बोहरा ८ र लुक बेन्केनस्टाइन भने शून्यमा आउट भए ।

कर्णालीका लागि नन्दन यादव र सोमपाल कामी १–१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर कर्णालीले पहिले बलिङ रोजेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved