लुम्बिनी र पोखरा पहिलो जितको खोजीमा एक–अर्काविरुद्ध भिड्दै

नेपालभ्युज

लुम्बिनी र पोखरा पहिलो जितको खोजीमा एक–अर्काविरुद्ध भिड्दै

काठमाडौं । कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा कर्णाली याक्स र चितवन राईनोजबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल बिहान ९ बजे शुरू हुनेछ ।

आज नै हुने दोस्रो खेलमा जितविहीन लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ससँग २ विकेटले हारेको थियो । यसर्थ आज उ स्पष्ट जितको खोजीमा हुनेछ ।

अर्कोतिर कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले सुरुवाती दुवै खेल गुमाएको छ । पहिलो खेलमा चितवन रोइनोज र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग भारी अन्तरले पराजित भएको थियो । यसर्थ उ आज स्पष्ट जितको खोजीमा हुनेछ ।

चर्चित भारतीय ब्याटर र पाकिस्तानी बलर नेपाली भूमिका आमने–सामने, खेल रोचक हुने अपेक्षा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved