गाजामा इजरायलको बम आक्रमण : महिला र बालबालिकासहित २१ जनाको मृत्यु

नेपालभ्युज

गाजामा इजरायलको बम आक्रमण : महिला र बालबालिकासहित २१ जनाको मृत्यु

काठमाडौं । इजरायलले गाजास्थित अल–मावासी क्षेत्रमा गरेको बम आक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

बुधबार राति र बिहीबार बिहान भएको यस घटनामा परी मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेको अल जजिराको समाचारमा उल्लेख छ ।

खान युनिसको नासिर अस्पतालका निर्देशक अतिफ अल–हाउटका अनुसार यस हवाई आाक्रमणले ठूलो क्षति पुर्याएको छ ।

गाजामा इजरायली सेनाले गरेको आक्रमणबाट ७ अक्टोबर २०२३ देखि हालसम्म ४४ हजार ५३२ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।

यस्तै १ लाख ५ हजार ५३८ जना घाइते भएका छन् ।

हमासले आक्रमण सुरु गरेदेखि सुरु भएको युद्धका कारण इजरायलतर्फ पनि १ हजार १३९ जनाको मृत्यु भएको । यसैगरी २०० भन्दा बढी मानिसलाई अपहरण गरिएको खबर प्राप्त भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved