धरानका मेयर साम्पाङले पत्रकारलाई दिए यस्तो धम्की

नेपालभ्युज

धरानका मेयर  साम्पाङले पत्रकारलाई दिए यस्तो धम्की

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले पुनः पत्रकारहरुलाई धम्की दिएका छन् । मेयर साम्पाङले सामाजिक सन्जालमा बुधबार साँझ एक स्टाटस सेयर गर्दै भोलि १० बजे पत्रकार सम्मेलनमा आउन भनेका छन् ।

उनले लेखेका छन, ‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला ! उनले पत्रकार सम्मेलनमा नाअए शीर ठाडो पारेर नेपालमा हिडन नसक्ने गरी बेइज्जत गर्ने बताएका छन । मेयर साम्पाङले लेखेका छन, नत्र तँ मुलाको यस्तो बेइज्यत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा ।’

उनले अगाडी लेखेका छन्, ‘जनक ऋषि भन्ने पनि आउनु । निक्कै फुरफुर गरिस् तिमेरुले ऐना हेर्दा थुक्ने बनाइन्छु भने मेरो नाम हर्क साम्पाङ होइन ।’

केही दिन आघि पत्रकार गोपाल दाहालले खोजपत्रकारिता केन्द्रका लागि धरानका मेयर हर्क साम्पाङको मन मौजी शासन शैलीका विषयमा समाचार लेखेका थिए । साम्पाङले दाहालको नाम उल्लेख नगरेपनि आफ्नो पोस्टमा  खोज पत्रकारिता गर्ने पत्रकार भन्दै इङ्गित गरेका छन ।

उनले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष को नामै किटेर ऐना हेर्दै थुक्ने बनाइदिने धम्की समेत दिएका छन् ।

यस्तो छ साम्पाङको स्टाटस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved