राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे कार्यवाहक प्रधानमन्त्री सिंहले लिए जानकारी

नेपालभ्युज

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे कार्यवाहक प्रधानमन्त्री सिंहले लिए जानकारी
फाइल तस्वीर

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

कार्यवाहक प्रधानमन्त्री सिंहले अस्पतालमा पुगेर राष्ट्रपतिसँग भेटघाट गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

प्रोस्टेटको समस्याको उपचारका लागि बुधबार बिहान अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको शल्यक्रिया आधुनिक प्रविधिबाट सफलतापूर्वक सम्पन्न भएको छ ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङका अनुसार, राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved