प्रधानमन्त्री ओली बेइजिङमा, भोलि राष्ट्रपति सीलाई भेट्ने

नेपालभ्युज

प्रधानमन्त्री ओली बेइजिङमा, भोलि राष्ट्रपति सीलाई भेट्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ क्यापिटल इन्टरनेसनल विमानस्थल पुगेको हो ।

ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एअरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेको थियो ।

भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् ।

सोही दिन ओलीले चीनका राष्ट्रपति सी चिनफिङलाई भेट गर्नेछन् । २० गते उनी स्वदेश फर्किनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved