बझाङको सुर्मा–४ मा खस्यो ६६३ मत

नेपालभ्युज

बझाङको सुर्मा–४ मा खस्यो ६६३ मत

धनगढी । स्थानीयको तहको उपनिर्वाचनअन्तर्गत बझाङको सुर्मा गाउँपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष पदमा भइरहेको मतदानमा ६ सय ६३ मत खसेको छ ।

निर्वाचन अधिकृतको कार्यालका अनुसार आज बिहान सवा ११ बजेसम्म ६६३ मत खसेको हो ।

सुर्मा गाउपालिका– ४ मा कुल १ हजार ५ सय ५४ मतदाता संख्या रहेको छ । मतदान शान्तिपूर्ण ढंगले भइरहेको निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

मतदान सफल बनाउन ९७ जना शशस्त्र प्रहरी र ८६ जना जनपथ प्रहरी गरि १८३ जना सुरक्षाकर्मी खटिएका छन् भने उप निर्वाचनको बाहिरी सुरक्षामा नेपाली सेनाले गस्ती गरिरहेका प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले बताए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved