काठमाडौं । आज (आइतबार) स्थानीय तह उपनिर्वाचनको दिन देशभर मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भागमा भने बिहानैदेखि हुस्सु÷ कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो कोशी, मधेसलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, राति कोशी, गण्डकी, र कर्णालीका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको छ ।
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान भइरहेको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा आज बिहान ७ देखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
Facebook Comment
Comment