विराटनगरले दियो जनकपुरलाई १२८ रनको लक्ष्य, गप्टिलको अर्धशतक

नेपालभ्युज

विराटनगरले दियो जनकपुरलाई १२८ रनको लक्ष्य, गप्टिलको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्‌घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगर १९ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो ।

विराटनगरका लागि ओपनर मार्टिन गप्टिलले ५५ रन बनाए । सो क्रममा उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे । यो एनपीएलको पहिलो अर्धशतक हो । अर्का ओपनर लोकेश बमले ५ रन बनाउँदा तेस्रो नम्बरमा आएका अकिब इलियासले १५ रन बनाए । कप्तान सन्दीप लामिछानेले ७ रन जोडे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिँदा किशोर महतो र हर्ष थाकेरले २/२ विकेट लिए । बेन माइक र मोहम्मद मोहसिनले एक/एक विकेट लिए ।

टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved