बालाचतुर्दशी: शिवालयमा दीपदान गर्ने श्रद्धालुको भीड (तस्वीरहरु)

बालाचतुर्दशी: शिवालयमा दीपदान गर्ने श्रद्धालुको भीड (तस्वीरहरु)

काठमाडौं । नेपाली हिन्दु समुदायले शनिबार बालाचतुर्दशी पर्व विशेष पूजा र अनुष्ठानसहित मनाउँदैछन् ।

शुक्रबार साँझ पशुपतिनाथ मन्दिरलगायतका देशभरका शिवालयमा श्रद्धालु राति जाग्राम बसेर दिवंगत पितृको सम्झनामा दीप प्रज्वलन गर्दछन् ।

धार्मिक विश्वासअनुसार, पितृ मोक्षका लागि यो पर्व महत्त्वपूर्ण छ । बालाचतुर्दशीको अवसरमा रातभर भगवान् शिवको आराधना गर्दै भक्तजनले भजनकीर्तन र कथा वाचन गर्ने परम्परा समेत रहिआएको छ।

पर्वको मुख्य दिन शनिबार बिहान श्रद्धालुले सात प्रकारका अन्न (शतबीज) छर्दै पितृप्रति श्रद्धा प्रकट गर्नेछन् । गहुँ, मकै, चना, तील, तोरी, सिमी, र कालो तीललाई शतबीजका रूपमा प्रयोग गरिन्छ।

तस्वीरहरु –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved