रामेछाप दुर्घटना : मृतक ४ जनाको पहिचान खुल्यो

नेपालभ्युज

रामेछाप दुर्घटना : मृतक ४ जनाको पहिचान खुल्यो

काठमाडौं । रामेछापमा भएको फोर्स गाडी दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत भएको छ ।

शुक्रबार दिउँसो गोकुलगंगा गाउँपालिकाको वडानम्बर-६ स्थित सिमलडाँडा भिरमा ना १ ज ७१२३ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो । घटनामा पाँच जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

ज्यान गुमाउनेमा गोकुलगंगा-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत, सोही गाउँपालिका-५ की ३० वर्षीया कविता कार्की खड्का र उनकी ७ वर्षीया छोरी स्वस्तिका खड्का, उक्त गाडीका चालक मन्थली नगरपालिका-१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की छन् ।

दुर्घटना परी मृत्यु भएका एक जनाको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

घाइतेको उद्धार गरी उपचारका लागि सदरमुकाम मन्थली ल्याइएको छ । गाडी अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खोंचमा खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved