शिवशरणलाई भोट माग्दै प्रचण्डले भने – कीर्तिपुरले कुराभन्दा काम गर्ने मेयर पाउनेछ

नेपालभ्युज

शिवशरणलाई भोट माग्दै प्रचण्डले भने – कीर्तिपुरले कुराभन्दा काम गर्ने मेयर पाउनेछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरले कुराभन्दा काम गर्ने मेयर पाउने बताएका छन् ।

बिहीबार कीर्तिपुरमा पार्टीको चुनावी सभामा बोल्दै यस्तो बताएका हुन् ।

पार्टीका तर्फबाट मेयरका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई भोट उनले भने, ‘उहाँलाई पार्टीबाट कुनै हस्तक्षेप हुनेछैन । पूर्ण स्वतन्त्रता दिइनेछ । उहाँलाई भोट दिनुहोस् । कीर्तिपुरले बुद्धिजीवी मेयर पाउनेछ ।’

उनले थप भने, ‘सुशासन, सामाजिक न्यायका लागि उहाँलाई भोट दिनुहोस् ।’ आफ्नो जिवन जनताका लागि समर्पण गर्ने व्यक्ति कीर्तिपुरले सायदै पाउने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved