कोशी र गण्डकीमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भागका हिमपात

नेपालभ्युज

कोशी र गण्डकीमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भागका हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भए पनि बाँकी भागमा मौसम सफा रहेको महाशाखाले आज (आइतबार) बिहान जारी गरेको सूचनामा उल्लेख छ ।

‘आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी र गण्डकीका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ,’ सूचनामा भनिएको छ ।

कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved