ईयुद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता

नेपालभ्युज

ईयुद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता

एजेन्सी । सत्तारूढ जुन्टाले पश्चिम अफ्रिकी देशलाई सहयोग पुर तरिका माथि प्रश्न उठाए पछि युरोपियन युनियनले शनिबार नाइजरबाट आफ्ना दूतलाई फिर्ता बोलाएको जनाएको छ ।

इयुले ब्रसेल्समा परामर्शका लागि आफ्ना राजदूत फिर्ता बोलाउने निर्णय गरेको इयु प्रवक्ताले बताएका हुन् ।

नाइजरले शुक्रबार युरोपेली युनियनका राजदूतलाई अधिकारीहरूलाई जानकारी नदिई गैरसरकारी संस्थाहरूलाई मानवीय सहायताका लागि १.३ मिलियन युरो वितरण गरेको आरोप लगाएको थियो ।

यसले कोष व्यवस्थापन गर्ने तरिकाको लेखापरीक्षण गर्न आग्रह गरेको छ । एएफपी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved