वायनाडमा ४ लाख मतान्तरसहित प्रियंका गान्धी विजयी

नेपालभ्युज

वायनाडमा ४ लाख मतान्तरसहित प्रियंका गान्धी विजयी

काठमाडौं । भारतको केरला राज्यको वायनाड लोकसभा सीटमा कांग्रेस उम्मेदवार प्रियंका गान्धी विजयी भएकी छन् ।

निर्वाचन आयोगको वेबसाइटका अनुसार सीपीआईका उम्मेदवार सत्यन मोकेरीलाई ४ लाख मतान्तरले हराउँदै गान्धी विजयी भएकी हुन् ।

मोकेरीले दुई लाख ११ हजार मत ल्याएका छन् भने भाजपा उम्मेदवार नव्य हरिदास १ लाख मत पाएकी छन् ।

राहुल गान्धीले वायनाड सिट छोडेपछि प्रियंका गान्धी यहाँबाट उपचुनावमा लडेकी हुन् ।

यस वर्ष जुनमा भएको चुनावमा राहुल गान्धीले वायनाड सिटमा ३ लाख ६४ हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए । उनले ६ लाख ४७ हजारभन्दा बढी मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved