पोखरा। नेपाली रक्सीमा सम्भावनाको खोजी गर्न गण्डकी विश्वविद्यालयले अनुसन्धान थालेको छ। विश्वविद्यालयले कोदोको रक्सीको ब्राण्डिङ शुरु गरेको हो।
विश्वविद्यालयले गण्डकी प्रदेशमा कास्की, स्याङ्जा, म्याग्दी, लमजुङ र नवलपुरबाट कोदोको रक्सीको नमूना संकलन गरी गुणस्तर मापदण्ड तथा खाद्य विभागको प्रयोगशालामा पठाइसकेको छ। प्रयोगशालाको रिपोर्टमा रक्सीमा इथानेल, मिथानेल, कार्बोहाइड्रेडलगायत के कति मात्रामा छ भन्ने पत्ता लगाउनेछ। त्यसपछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसार छ वा छैन अध्ययन गर्न सहज हुने विश्वविद्यालयका रजिष्ट्रार डा. कैलाश तिमिल्सिनाले जानकारी दिए। मर्चा र रक्सीको तत्व र फर्मुला एकीन गर्न विश्वविद्यालयको अनुसन्धानको उद्देश्य गण्डकी विश्वविद्यालयको रहेको छ।
‘‘अहिले रक्सीमा कुन कुन तत्व हुन्छ, गुणस्तर कस्तो छ भनेर नमूना पठाएका छौं। गुणस्तर मापनको लागि खाद्य, गुणस्तर, कृषि विश्वविद्यालय र सामाजिक पाटोबाट हुँदैछ,’’ तिमिल्सिनाले भने, ‘‘सामाजिक पाटोअन्तर्गत रिजल्ट चाँडै आउने छ भने अरुको समय लाग्न सक्छ।’’
कोदोको रक्सीको फर्मुला, मर्चाको फर्मुला र तिनका स्वास्थ्य, सामाजिक र आर्थिकलगायत पाटोको अनुसन्धानपछि प्याटेन्ट राइट दर्ताको प्रक्रिया अघि बढाउने जानकारी उनले दिए।
विश्व विद्यालयले हालै अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशाला गरेको थियो। त्यहाँ बेलायत, कोरिया, अमेरिका, काजाकास्तान र नेपाललगायत देशका विज्ञहरू रहेका छन्। अनुसन्धानमा राम्रो नतिजा आए कोदोको रक्सीको उत्पादन र बजारीकरणमा जाने प्रदेश सरकारको योजना रहेको छ।
घरेलु रक्सी उत्पादनलाई गैरकानूनी मानिँदै आएकोमा आएकोमा पछिल्लो समय यसको ब्राण्डिङबारे बहस हुन थालेको छ।
Facebook Comment
Comment