रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी

नेपालभ्युज

रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रवार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएपछि  रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध  पक्राउ पुर्जी जारी भएको हो ।

चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए । यो सँगै अब सहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था तथा कम्पनीमा रकम पठाइएको विषयमा अनुसन्धान गर्ने बाटो खुलेको छ  ।

यसअघि  कास्कीसहित रुपन्देही र काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।  लामिछाने  हाल कास्की प्रहरीको हिरासतमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved