सिके राउतको पार्टीका सांसद गोमा लाभलाई हटाउन नमिल्ने सभामुखको निर्णय

नेपालभ्युज

सिके राउतको पार्टीका सांसद गोमा लाभलाई हटाउन नमिल्ने सभामुखको निर्णय

काठमाडौं । जनमत पार्टीका सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट नहटाइने भएको छ ।

आफ्नो सांसद् हटाउन भन्दै डा.सिके राउतले गरेको सिफारिसमा सभामुख देवराज घिमिरेले नहटाउने निर्णय गरेको संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले बताए ।

सभामुख घिमिरेले सांसद लाभलाई पार्टीले गरेको अनुशासनको कारबाही पद जाने प्रकृतिको नभएको र पार्टीबाट निकाल्न राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान प्रयोग नभएको उल्लेख गरेका छन् ।

अध्यक्ष राउतले संसद सचिवालयलाई पठाएको पत्रमा सांसद लाभले ‘ठेकेदारसँग पैसा मागेको, पार्टी फुटाउन छलफल अघि बढाएको आरोप’ लगाइएको थियो ।

सांसद लाभले उक्त आरोप अस्वीकार गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved