निमन्त्रणा पाएर पनि कम्बोडिया गएनन् माओवादी नेता

नेपालभ्युज

निमन्त्रणा पाएर पनि कम्बोडिया गएनन् माओवादी नेता

काडमाडौं । सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू कम्बोडिया भ्रमणमा गएको बेला माओवादीका नेताहरू भने निमन्त्रणा पाएर पनि सहभागी भएका छैनन् ।

इन्टरनेशनल कन्फ्रेन्स अफ एशियन पाेलिटिकल पार्टीको कार्यक्रममा माओवादीबाट उपाध्यक्ष अग्नि सापकोटा र केन्द्रीय सदस्य गोकर्ण भट्ट सहभागी हुने तय भए पनि उनीहरूले भ्रमण रद्द गरेको बताइएको छ । उपनिर्वाचनका लागि सक्रिय हुनुपरेको र कार्यक्रमको उपादेयता भन्दा जनतामाँझ जानू महत्वपूर्ण भएकोले माओवादी नेताहरू सहभागी नभएको स्रोतले जनाएको छ ।

यसपटकको सम्मेलनमा ‘फेक न्यूज इन डिजिटल एरा’ विषयमा प्लेनरी छलफल हुन गइरहेको छ। कार्यक्रममा भ्रामक समाचारहरूलाई राजनीतिक दलहरूले कसरी सामना गर्ने भन्ने विषयका साथै शान्ति र मेलमिलापमाथि समेत प्लेनरी छलफल हुने बताइएको छ ।

नेकपा एमालेका नेता राजन भट्टराईले नेपालबाट १३ जना नेताहरू सहभागी हुने भन्दै  सूची सार्वजनिक गरेका थिए । भट्टराई उक्त संस्थाको स्थायी समिति सदस्य पनि हुन । नेकपा माओवादी केन्द्रले भने पहिलोपटक सहभागिता जनाउन खोजेपनि अन्तिममा आएर सहभागिता रद्द गरेको एक नेताले जानकारी दिए । सहभागी हुने भनिएका  नेता अग्नि सापकोटा कीर्तिपुरको निर्वाचनमा होमिएका छन् ।

कार्यक्रममा कांग्रेस, एमालेका साथै केही अन्य दलका नेता समेत सहभागी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved