नेपाल आइपुगे विश्वविजेता किक बक्सर ‘हिमचितुवा’

नेपालभ्युज

नेपाल आइपुगे विश्वविजेता किक बक्सर ‘हिमचितुवा’

काठमाडौं । इस्का र हिट किक बक्सिङको विश्वविजेता अविरल घिमिरे ‘हिमचितुवा’ नेपाल आइपुगेका छन् ।

बिहीबार काठमाडौं आएका घिमिरेलाई चन्द्रागिरी नगरपालिकालगायत समर्थकहरुले त्रिभुवन विमानस्थलमा नेवारी बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

हिमालयन चितुवा नामले परिचित नेपाली किक बक्सिङ खेलाडी घिमिरे जापानको नागोया शहरमा बस्दै आएका छन् ।

नेपाल बसाइँका क्रममा उनले आफ्ना अनुभवहरु खेलाडीलाई आदानप्रदान गर्ने बताएका छन् । घिमिरेले ६ वर्षपछि नेपाल आउँदा निकै खुसी महसुस भएको बताए ।

उनले हरेक खेलमा चुनौती हुने भएकाले त्यसलाई सामना गर्न आफू तयार रहेको बताए ।

घिमिरेले इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत कात्तिक १० गते आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का) प्रतियोगिताको उपाधि चुमेर विश्वविजेता बनेका थिए ।

यो प्रतियोगितामा उनले फ्रान्सका कडा प्रतिद्वन्द्वी एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वर्ल्ड च्याम्पियन’ हुन सफल भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved