निलेन्द्रराज श्रेष्ठले ओलम्पिक कमिटीको अध्यक्षमा उम्मेदवारी दिने

नेपालभ्युज

निलेन्द्रराज श्रेष्ठले ओलम्पिक कमिटीको अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्ष पदमा निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

उनी हाल एनओसीका महासचिव र नेपाल ट्रायथलन संघका अध्यक्ष छन् ।

श्रेष्ठले एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठलाई भेटेर आफूले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन् । भोलि उम्मेदवार घोषणा गर्ने श्रेष्ठले बताए ।

विगत लामो समयदेखि नेपाल ओलम्पिक कमिटीको कार्यसमितिमा रहेका श्रेष्ठ गत निर्वाचनमा महासचिव पदमा निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved