अमेरिकाले दियो दूतावासमा कार्यरत कर्मचारीका परिवारलाई युक्रेन छोड्ने आदेश

नेपालभ्युज

अमेरिकाले दियो दूतावासमा कार्यरत कर्मचारीका परिवारलाई युक्रेन छोड्ने आदेश

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले रुसमाथि तत्काल आर्थिक नाकाबन्दी लगाउनुपर्ने मागलाई खारेज गरेका छन्। अहिले नै रुसमाथि आर्थिक नाकाबन्दी गरेको अवस्थामा पश्चिमा देशले युक्रेनमाथि हुनसक्ने आक्रमणलाई रोक्न नसक्ने उनको दाबी छ।

रुसले युक्रेनको सीमा नजिक आफ्नो सयौँ सेना तैनाथ गर्दा पश्चिमा देशले युक्रेनमाथि आक्रमण हुनसक्ने आशंका व्यक्त गर्दै आएका छन्। युक्रेनमाथि हमला गरेको अवस्थामा पश्चिमा देशले रुसमाथि कडा आर्थिक नाकाबन्दी लगाउने योजना बनाएका छन्। भने, रुसले भने युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नभएको बताउँदै आएको छ।

‘रुसले गर्नसक्ने आक्रमण रोक्ने प्रयोजनका लागि आर्थिक नाकाबन्दी गर्ने हो। अहिले नै आर्थिक नाकाबन्दी लगाएको अवस्थामा रुसलाई दबाब दिन सक्ने शक्ति क्षय हुन्छ,’ आइतबार सीएनएन टिभीलाई अन्तरवार्ता दिँदै विदेशमन्त्री ब्लींकेनले भनेका छन्।
ब्लींकेनले अघि भनेका छन्, रुसका अतिरिक्त सेना आक्रमक तरिकाबाट युक्रेन गएको अवस्थामा त्यसको प्रतिक्रिया महत्वका साथ दिनुपर्छ।

यस्तै आइतबार नै अमेरिकी विदेशमन्त्रालयले युक्रेनमा कार्यरत रहेका दूतावास कर्मचारीका परिवारलाई युक्रेन छोड्न आग्रह गरेको छ। रुसले युक्रेनमाथि हमला गर्नसक्ने बताउँदै अमेरिकाले यस्तो बताएको हो।

युक्रेनका राष्ट्रपति वलोडिमिर जेलेंस्कीले भने रुसमाथि तत्काल आर्थिक नाकाबन्दी लगाउने विषयको समर्थन गरेका छन्।

वाशिङ्टन पोस्टसँगको एक अन्तरवार्तामा राष्ट्रपति जलेंस्कीले भने, ‘रुसलाई पछि हटाउन हामीले तत्काल नै केही कदम चाल्नुपर्ने हुन्छ। हामीले हाम्रो शक्ति अहिले नै देखाउनुपर्छ,’ उनले भनेका छन्।

यता बेलायतले युक्रेनमा रुसले आफू अनुकूलको कठपुतली सरकार निर्माण गर्न खोजेको अवस्थामा कडा आर्थिक नाकाबन्दीको सामना गर्नुपर्ने बताएका छन्। बेलायतले युक्रेनमा रुसले आफू अनुकूलको सरकार गठन गर्ने प्रयास गरेको आरोप लगाउँदै आएको छ।

‘यदि रुसले आफू अनुकूलको सरकार युक्रेनमा गठन गर्ने प्रयास गर्‍यो भन्ने त्यसको ठूलो मूल्य चुकाउनुपर्नेछ,’ बेलायती उपप्रधानमन्त्री डोमिनिक रावले स्काईन्यूजले बताएका छन्।

गत शनिबारदेखि बेलायतले युक्रेनमा रुसले आक्रमण गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ। उसले रुसका गुप्तचर विभागका मानिसहरू युक्रेनका पूर्व राजनीतिज्ञसँग लगातार सम्पर्कमा रहेको बताउँदै युक्रेन आक्रमणको तयारीमा ऊ लागेको आरोप लगाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved