खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौंमा र्‍याली (तस्वीरहरू)

नेपालभ्युज

खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौंमा र्‍याली (तस्वीरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै खबरदारी र्‍याली निकालिएको छ ।

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले बिहीबार उपत्यकामा र्‍याली निकालेको हो ।

र्‍यालीमा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा, अभियन्ता सुमन सायमीलगायत थिए ।

उनीहरूले ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’ लगायत नारा लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट सुरु भएको र्‍याली काठमाडौंको माइतीघर मण्डलासम्म पुगेको थियो ।

सर्वोच्च अदालतले नदी तथा खोला किनारमा थप २० मिटर छोड्नुपर्ने आदेश दिएसँगै सो क्षेत्रका जनता तथा अभियन्ता आन्दोलित छन् ।

हेरौं तस्वीरमा :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved