स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालमा खोप अभियान स्थगित

नेपालभ्युज

स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालमा खोप अभियान स्थगित

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान एक साताका लागि स्थगित भएको छ। आज सोमबारदेखि आगामी आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको हो।
अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको अस्पतालले जनाएको छ। उपत्यकाका अधिकांश अस्पतालका चिकित्सक र नर्समा कोरोना संक्रमण देखिन थालेको छ।
दैनिक सयौँको सङ्ख्यामा कोरोना परीक्षण हुने सो अस्पतालमा परीक्षण रोकिएपछि उपत्यकामा परीक्षण सङ्ख्या घट्ने देखिएको छ। अस्पतालले संक्रमित चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई निको हुन करिब एक साता लाग्ने भएकाले एक साताका लागि परीक्षण स्थगित गरेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved