इजरायल र हमासबीचको मध्यस्थताबाट हटेपछि के भन्छ कतार ?

नेपालभ्युज

इजरायल र हमासबीचको मध्यस्थताबाट हटेपछि के भन्छ कतार ?

काठमाडौं । कतार इजरायल र हमासबीचको शान्ति सम्झौताका लागि मध्यस्थताबाट पछि हटेको छ ।

वार्तामा संलग्न पक्ष गम्भीर नभएको भन्दै कतार पछि हटेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता डा. अल अन्सारीले दोहामा रहेको हमासको कार्यालय बन्द भने नहुने बताए ।

आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा अन्सारीले दोहामा हमासको कार्यालयले काम गरिरहने कुरामा जोड दिए ।

वार्तामा संलग्न पक्षहरू गम्भीर छन् भन्ने कतारलाई लागेमा अगाडि आएर भूमिका खेल्ने उनको भनाइ छ ।

कतारले आफूलाई मध्यपूर्वमा शान्ति स्थापनाकर्ताको रूपमा प्रस्तुत गर्दै आएको छ । तर, इजरायल र हमासबीच जारी द्वन्द्वमा युद्धविराम हुन नसकेपछि गत हप्ता मध्यस्थताबाट पछि हटेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved