लामो दुरीका क्षेप्यास्त्रपछि युक्रेनलाई अर्को हतियार दिन अमेरिका सहमत

नेपालभ्युज

लामो दुरीका क्षेप्यास्त्रपछि युक्रेनलाई अर्को हतियार दिन अमेरिका सहमत

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनलाई एन्टी पर्सनल ल्यान्ड माइन उपलब्ध गराउन सहमत भएका छन् ।

अमेरिकी रक्षा विभागका एक अधिकारीले बीबीसीलाई यो कुरा पुष्टि गरेका छन् ।

नाम नबताउने सर्तमा ती अधिकारीले माइनहरू छिट्टै युक्रेनलाई हस्तान्तरण गरिने र युक्रेनको सीमाभित्र प्रयोग हुने बताए ।

अमेरिकी अधिकारीकाअनुसार युक्रेन पनि सघन जनसंख्या भएको क्षेत्रमा यस्ता माइन प्रयोग नगर्न कटिबद्ध छ ।

पछिल्लो केही महिनादेखि युक्रेनको पूर्वतर्फ तीव्र गतिमा अघि बढिरहेको रूसी सेनालाई रोक्न यो निर्णय गरिएको मानिएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्दैछन् । यसभन्दा दुई महिना अगाडि नै वर्तमान अमेरिकी राष्ट्रपतिले युक्रेनलाई अमेरिकी सहयोगमा नयाँ निर्णय लिइरहेका छन् ।

केही दिनअघि मात्रै अमेरिकाले युक्रेनलाई रूसभित्र लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको थियो ।

रूसले मंगलबार युक्रेनले रूसभित्र अमेरिकी लामो दुरीका क्षेप्यास्त्रले आक्रमण गरेको जनाएको छ ।

रूसले रूस–युक्रेन युद्धमा युक्रेनलाई सहयोग नगर्न पश्चिमी देश र नेटो सदस्य राष्ट्रहरूलाई चेतावनी पनि दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved