आहा रारा गोल्डकपमा मनाङ सेमिफाइनलमा

नेपालभ्युज

आहा रारा गोल्डकपमा मनाङ सेमिफाइनलमा

पोखरा। २० औं आहा रारा गोल्डकपमा मनाङ मर्स्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ र्मस्याङदी अन्तिम चारमा प्रवेश गरेको हो।

मनाङको जितमा रुपेश केसी र ओला ओलीले समान एकएक गोल गरे। ओली म्यान अफ दि म्याचबाट पुरस्कृत भए। ६ पटकको विजेता मनाङले अब सेमिफाइनलमा एपीएफसँग प्रतिस्पर्धा गर्ने भएको छ।

भोली मच्छिन्द्र र डिफेन्डिङ च्याम्पियन संकटा भिड्ने भएका छन्। प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँ र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved