कोरोनाविरुद्धको खोप लगाएर हिँडेका व्यक्तिको बाटोमै मृत्यु

नेपालभ्युज

कोरोनाविरुद्धको खोप लगाएर हिँडेका व्यक्तिको बाटोमै मृत्यु

धनगढी ।  कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनले आइतबार कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए। खोप लगाएको आधा घण्टामै ती पुरुषको मृत्यु भएको सोही वडा कार्यालयका आधारभूत स्वास्थ्य प्रमुख रमेश रोकायाले बताए। मृतकले पहिलो खोप गत मंसिर १३ गते लगाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved