शनिबारदेखि मोफसलका यी २० हलबाट ‘पूर्णबहादुरको सारंगी’ उतार्ने निर्णय

नेपालभ्युज

शनिबारदेखि मोफसलका यी २० हलबाट ‘पूर्णबहादुरको सारंगी’ उतार्ने निर्णय

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ फिल्मका  निर्माताले प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै  मोफसलका विभिन्न २० हलबाट फिल्म उतार्ने निर्णय गरेका छन् । शुक्रबार बेलुका एक विज्ञप्ति जारी गर्दै निर्माता कम्पनी सेभेन सिजले  यसबारे जानकारी दिएको हो ।

केही सिनेमा घरहरुले चलचित्र हाउसफूल अकुपेन्सीमा प्रदर्शन भएपनि र निर्माण पक्षलाई ग्रस कलेक्सनको रिपोर्ट उपलब्ध गराएपनि निर्माणपक्षले उक्त रिपोर्टमा असहमति जनाउँदै ती हलहरुबाट शनिबारदेखि फिल्म उतार्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

विराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको बिना हल, गोरखाको गोरखा हल, वर्दिवासको वर्दिवास हल, मोरङको विराटचोक हल, इनरुवाको सीवी हल, बहरथवाको दीपक हल, बुटवलको द्धारिका हल, विराटनगरको हिमालय हल, दोलखाको चरिकोट हल, राजगढको एभरेस्ट हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, नुवाकोटको त्रिशुली, इलामको इलाम हल, महेन्द्रनगरको लभकुस हल, त्रिमुत्री हल, जनकपुरको गिरिराज हल र दमकको पाथीभरा हलमा फिल्म उतार्ने विज्ञप्तिमा  जनाइएको छ ।

सिनेमा हेर्न इच्छुक दर्शकले नजिकैको अर्को हलमा गएर हेरिदिन पनि निर्माणपक्षले आग्रह गरेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved