साढे २८ करोडभन्दा बढीले घट्यो नेपाल टेलिकमको नाफा 

नेपालभ्युज

साढे २८ करोडभन्दा बढीले घट्यो नेपाल टेलिकमको नाफा 

काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा खुद मुनाफा २८ करोड ७८ लाख ४१ हजार रुपैयाँले घटेको छ । टेलिकमले सार्वजनिक गरेको चालु आवको त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा कम्पनीको खुद मुनाफा साढे २८ करोडभन्दा बढीले घटेको देखिएको हो ।

विवरण अनुसार कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको खुद मुनाफा १ अर्ब ७३ करोड ९५ लाख ८९ हजार रहेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड ७४ लाख ३१ हजार खुद मुनाफा गरेको थियो ।

चालु आवको तीन महिनामा टेलिकमको कुल आय १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँ रहेको थियो । यसर्थ, यस वर्षको कम्पनीको कूल आय ५८ करोड ५० लाख ५७ हजार रुपैयाँले कम छ ।

यस्तै टेलिकमले आवको कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८५ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कुल सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँको तुलनामा ९ करोड ५१ लाख २२ हजार अर्थात् १.११ प्रतिशतले बढेको पनि जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved