नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात गर्ने

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आज नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअलमार्फत् संयुक्तरुपमा उद्घाटन गरेपछि बिजुली बंगलादेश पठाइने कछ ।

नेपालभ्युज

नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात गर्ने

काठमाडौं । नेपालले आज (शुक्रबार)देखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आज नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअलमार्फत् संयुक्तरुपमा उद्घाटन गरेपछि बिजुली बंगलादेश पठाइने छ ।

शुक्रबार करिब ११ घण्टामात्रै बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved