ट्रम्पले टेलिभिजन प्रस्तोतालाई बनाए रक्षामन्त्री

नेपालभ्युज

ट्रम्पले टेलिभिजन प्रस्तोतालाई बनाए रक्षामन्त्री

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले एक टेलिभिजन प्रस्तोतालाई रक्षामन्त्री नियुक्त गरेका छन् ।

अमेरिकी टेलिभिजन फक्स न्युजका प्रस्तोता पिट हेगसेथलाई रक्षामन्त्री बनाएको न्यूओर्क टाइम्सले जनाएको छ । मंगलबार ट्रम्पले विज्ञप्ति जारी गरेर रक्षामन्त्री हेगसेथ चयन गरिएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पिट कडा, स्मार्ट र अमेरिका फर्स्टको सच्चा विश्वास राख्ने व्यक्ति हुन् । पिटको नेतृत्वमा हाम्रा सेना फेरि महान् हुनेछन् र अमेरिका कहिल्यै पछाडि पर्दैन भन्ने कुरा अमेरिकाका शत्रुहरूले थाहा पाइसकेका छन् ।’

हेगसेथ एक लोकप्रिय टिभी होस्ट हुन् । उनी दक्षिणपन्थी च्यानलमा ‘फक्स एन्ड फ्रेन्ड्स विकेन्ड’को सह-होस्ट हुन् । हेगसेथको ठूलो फ्यान फलोइङ छ ।

सीएनएनका अनुसार ट्रम्पले हेगसेथलाई यति ठूलो जिम्मेवारी दिन सक्छन् भन्ने कल्पना कसैलाई पनि थिएन ।

समाचार संस्था रोयटर्सका अनुसार हेगसेथ पूर्वसैनिक पनि हुन् । उनी एक अनुभवी सैनिक रहेको र अफगानिस्तान, इराक र क्युवामा सेवा गरेको भनिएको छ ।

उनले ‘द वार अन वारियर्स’ नामक किताब समेत लेखेका छन् । त्यसमा सेनाभित्रबाटै आफूमाथि चरमपन्थीको आरोप लगाएपछि सन् २०२१ मा सेना छोडेको भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved