रुपन्देहीमै राखियो रविलाई, बुधवार पुन: बयान

नेपालभ्युज

रुपन्देहीमै राखियो रविलाई, बुधवार पुन: बयान

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि लामिछानेसँग बयान नसकिएकाले आज रुपन्देहीमै राखिएको छ। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि आज  कास्कीबाट  रुपन्देही लगिएको हो।

कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई  बयान सकिएपछि मात्रै  कास्की पठाइने रुपन्देही प्रहरीले जनाएको छ ।

आज पहिलो दिन साँझसम्मै सरकारी वकिल कार्यायलमा बयान लिइएको र नसकिएकाले भोली बुधबार पुन: बयान लिइने रुपन्देही प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन्।

सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम पुगेको विषयमा अनुसन्धानका लागि रविलाई रुपन्देही लगिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved