प्रदेश अधिवेशन चलिरहँदा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश

नेपालभ्युज

प्रदेश अधिवेशन चलिरहँदा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश

सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा दैलेखका पूर्वजिल्ला अध्यक्ष जंगबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनलाई कर्णालीका मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले पार्टीमा स्वागत गरेका हुन् ।

मंगलबार दैलेखमा एक कार्यक्रमबीच शाहीसहित समाजवादीका अन्य केही कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका छन् ।

यतिबेला समाजवादीको कर्णाली प्रदेश प्रथम अधिवेशन वीरेन्द्रनगरमा चलिरहेको छ । त्यही बेला दैलेख जिल्ला अध्यक्ष नै एमाले प्रवेश गरेका छन् ।

शाही २०७४ मा एमालेबाट महावु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved