सुर्खेत । सुर्खेत कालिकोट पलाँता गाउँपालिका वडा नं. ३ राडुनेटामा भएको जीप दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोट अनुसार पलाँता गाउँपालिका वडा न. ५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको डबल क्याप बोलेरो क. १ ज. ५६ न.को गाडी दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा कालिकोट पलाँता गाउँपालिका ६ का दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया, गणेश शाही, वडा नं. ५ का छाया शाही र वडा नं. ३ का दमन रोकाया छन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घाइते हुनेमा कालिकोट पलाँता ६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया छन् ।
त्यस्तै, वडा नं. ३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, ठेगाना नखुलेका चालक धनिराम रावत, वडा नं. ५ का दोलि विक र आयुशा विक घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भएका १३ जनालाई उद्धार गरी उपचारको लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत ल्याइएको छ । घाइतेको दुई चरणमा नेपाली सेनाको हेलिकप्टर उद्धार गरेको थियो ।
Facebook Comment
Comment