रवि, छविलगायतलाई आज अदालतमा उपस्थित गराइँदै

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र पूर्वडीआईजी जोशी पोखराको सूर्यदर्शन सहकारीकाे रकम अपचलन गरेकाे आरोप लागेकाे छ । पछाईं र खनाल गोरखा मिडिया नेटवर्ककाअध्यक्ष जीबी राईसँग जाेडिएका व्यक्ति हुन् ।

नेपालभ्युज

रवि, छविलगायतलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडाैं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित चार जनालाई आज (मंगलवार) कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

लामिछाने र जोशीसहित लीला पछाईं र रामबहादुर खनाललाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कास्कीका डीएसपी वसन्तकुमार शर्माले नेपाल भ्युजलाई जानकारी दिए ।

तिहार बिदाकै बेलामा म्याद सकिएकाले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले उनीहरूलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र पूर्वडीआईजी जोशी पोखराको सूर्यदर्शन सहकारीकाे रकम अपचलन गरेकाे आरोप लागेकाे छ । पछाईं र खनाल गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँग जाेडिएका व्यक्ति हुन् ।

लामिछाने कुनैबेला गोरखा मिडियाका प्रबन्ध निर्देशक थिए । जाेशी यसका सञ्चालक हुन् । यही परिपेक्षमा उनीहरूलाई सहकारीको रकम अपचलनको आरोप लागेको हो ।

यसैबीच आफ्ना सभापति लामिछानेलाई अदालतमा उपस्थित गराइने भएपछि आज पनि रास्वपाले पोखरामा प्रदर्शन गर्ने बताएको छ ।

यही कात्तिक २ गते लामिछाने पक्राउ परेयता रास्वपा निरन्तर आन्दोलनमा छ । राजनीति प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई पक्राउ गरिएको सो दलको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved