चारदोबाटोमा बस र मोटरसाइकल ठोक्किएः एक महिलाको मृत्यु

नेपालभ्युज

चारदोबाटोमा बस र मोटरसाइकल ठोक्किएः एक महिलाको मृत्यु

काठमाडौं– मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा आइतबार मोटरसाइकल र बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना महिलाको मृत्य भएको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ख २९९६ नम्बरको मयुर यातायातको बस र सोही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२८प ०५३९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार चाँगुनारायण—७ बागेश्वरी बस्ने ४५ वर्षीय अप्सरा फुयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी उनको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले बस र मोटरसाइकलसहित दुवै चालकलाई नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved